३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ५४ पटक पढिएको
३७ वर्षपछि हङकङसँग प्रतिस्पर्धा गर्दै नेपाल

जेठ २२, काठमाडौं । नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीले आज हङकङसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्दै छ । सो कोन पोस्थित हङकङ रंगशालामा हुने खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपालले हङकङसँग ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो । यसअघि नेपालले सन् १९८८ मा खेलेको थियो । हङकङमा भएको सो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

अबको ५ दिनपछि २०२७ एएफसी एसिया कप छनोटको तेस्रो चरणअन्तर्गत आफ्नो दोस्रो खेलमा हङकङले भारतसँग प्रतिस्पर्धा गर्दै छ । त्यही दिन नेपालले लाओससँग खेल्ने तालिका छ । यही खेलको तयारीस्वरुप हङकङले मैत्रीपूर्ण खेलमा नेपाललाई बोलाएको हो ।

राष्ट्रिय पुरुष टोलीका मुख्य प्रशिक्षक म्याट रोसले सो प्रतिस्पर्धाका लागि नेपाली टोलीको घोषणा यसअघि नै गरिसकेका छन् । नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की, गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ रहेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस