१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ६४ पटक पढिएको
१२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध

जेठ २२, काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले १२ देशका नागरिकलाई अमेरिका यात्रामा प्रतिबन्ध लगाउने विषयमा हस्ताक्षर गरेका छन् । प्रतिबन्धित मुलुकहरुमा अफगानिस्तान, म्यानमार, कंगो, हैटी, इरान, लिबिया, सोमालिया, सुडान र यमनलगायतका देश छन् ।

प्रतिबन्धले अमेरिकीहरूलाई सुरक्षित राख्ने ह्वाइट हाउसको दाबी छ । ह्वाइट हाउसकी प्रवक्ता अबिगेल ज्याक्सनले राष्ट्रपति ट्रम्पले अमेरिका आउने र नोक्सानी पु¥याउन चाहने विदेशी तत्वबाट अमेरिकीहरुलाई जोगाउने प्रतिबद्धता अनुरुप प्रतिबन्ध दाबी गरे ।

ट्रम्पले २०१७ मा पनि यस्तै आदेशमा हस्ताक्षर गरेका थिए । जतिबेला राष्ट्रपति ट्रम्पको उक्त योजनाले विभिन्न कानुनी चुनौतीको सामना गर्नुपरेको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस