लिग टुको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ७७ पटक पढिएको
लिग टुको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हरायो

जेठ २१, काठमाडौं । आइसीसी विश्वकप लिग टु अन्तर्गत नेपाल, नेदरल्याण्ड्स र स्कटल्याण्ड सहभागी त्रिकोणात्मक सिरिजको दोस्रो खेलमा नेपालले नेदरल्याण्ड्सलाई ५ विकेटले हराएको छ ।

स्कटल्याण्डले दिएको २२६ रनको लक्ष्य नेपालले ५ विकेट गुमाएर भेट्टायो । नेपालका लागि आरिफ शेखले सर्वाधिक ९९ बलमा ७८ रनको अर्धशतकीय पारी खेले ।

यस्तै ओपनर कुशल भुर्टेलले २५ रन तथा अर्का ओपनर आशिफ शेखले १९ रन बनाए । कप्तान रोहित पौडेलले २३, भिम सार्की ११, दिपेन्द्र सिंह ऐरी ३८ तथा गुल्शन झा ११ रनमा अविजित रहे ।

नेदरल्याण्ड्सका काइकल लेविटले २ विकेट लिए भने भिभियन किङमा र पल भान मिकेरनले समान एकएक विकेट लिए ।

त्यसअघि स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सवै विकेट गुमाएर २२५ रन मात्र बनायो । उसका लागि नोआ क्रोसले सर्वाधिक ४८ रन बनाए ।

यस्तै कप्तान स्कट एडवार्टसले ४६ रनको योगदान गरे भने बिक्रमजीत सिंले ३८ , ज्याक लायन–क्याचेटले २७, म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा सेमेटिए ।

नेपालका सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी ,करण केसी र सन्दीप लामीछानेले २–२ विकेट लिए ।

लिग टु को अंक तालिकामा १४ खेलमा ४ जितका साथ नेपाल १० अंकसहित तालिकाको पुछारबाट दोस्रो स्थानमा छ । नेदरल्याण्ड्स २१ खेलबाट २६ अंक जोड्दै दोस्रो स्थानमा छ भने १७ खेलमा २० अंकका साथ स्कटल्याण्ड चौथो स्थानमा छ ।

नेपालले सोमबार भएको पहिलो खेलमा स्कटल्याण्डलाई हराएको थियो । अब नेपालले जुन ८ मा स्कटल्याण्डसँग खेल्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस