जेठ २२, काठमाडौं । विपद् उद्धार अभ्यासका क्रममा सशस्त्र प्रहरीका २ जना गोताखोर सप्तकोशी नदीमा बेपत्ता भएका छन् । सशस्त्र प्रहरी जवान सुरज साउद र हरदेव राजवंशी बेपत्ता भएका हुन् ।
सशस्त्र प्रहरीको मधेश प्रदेश कार्यालयले बाढीपहिरोबाट विपद्मा परेकाहरूलाई उद्धार गर्नका लागि सप्तकोशीमा अभ्यास गरेको थियो । जिल्ला प्रहरी कार्यालय सप्तरीका अनुसार बिहीबार अपरान्ह ४ बजे दुई गोताखोर सप्तकोशीमा बेपत्ता भएका हुन् ।
अभ्यासका क्रममा सप्तरीको हनुमाननगर कांकालिनी नगरपालिका– १ कोशी ब्यारेजको ५४ र ५५ नम्बरको ढोकाको उत्तरतर्फ अभ्यासका क्रममा बगेर बेपत्ता भएका हुन् ।
उनीहरूको खोजीका लागि सुनसरी र सप्तरीबाट प्रहरी र सशस्त्र प्रहरीको टोली खटिएको छ ।