पोर्चुगल युएफा नेशन्स लिगको फाइनलमा प्रवेश

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २२, बिहिबार (१ दिन अघि)
  • ६३ पटक पढिएको
पोर्चुगल युएफा नेशन्स लिगको फाइनलमा प्रवेश

जेठ २२, काठमाडौं । पोर्चुगल युएफा नेशन्स लिगको फाइनलमा पुगेको छ । गएराति म्युनिखस्थित एलियान्ज एरिनामा भएको सेमिफाइनल खेलमा जर्मनीलाई २–१ गोलले पराजित गर्दै पोर्चुगल फाइनलमा पुगेको हो ।

फ्लोरियन रिट्जले जोसुवा किमिखको सहयोगमा हेडर गोल गरेपछि जर्मनीले १–० गोलको अग्रता लिएको थियो । तर पोर्चुगलले खेलमा उत्कृष्ट पुनरागमन गर्दै ६३औं मिनेटमा फ्रान्सिस्को कान्सेसोले बराबरी गोल फर्काए ।

यस्तै ६८औं मिनेटमा नुनो मेन्डेसको पासमा रोनाल्डोले गोल गरेपछि पोर्चुगलले २–१को जितका साथ फाइनलमा स्थान सुरक्षित गरेको हो ।

४० वर्षीय रोनाल्डोको राष्ट्रिय टिमका लागि यो १ सय ३७ औं गोल हो । उनले अहिलेसम्म पोर्चुगलबाट २ सय २० क्याप जितेका छन ।

पोर्चुगल नेशनस लिगको पहिलो संस्करण २०१९ को विजेता पनि हो । अब उसले फाइनलमा फ्रान्स र स्पेन बीचको विजेतासंग प्रतिस्पर्धा गर्नेछ । दोस्रो सेमीफाइनल आज राति हुनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस