‘सरकार चलाउन पाएर मस्त भएको कांग्रेस–एमालेले बाचा बिर्सियो’

‘सरकार चलाउन पाएर मस्त भएको कांग्रेस–एमालेले बाचा बिर्सियो’

जेठ २०, काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकार चलाउन पाएर मस्त भएको कांग्रेस–एमालेले संविधान संशोधनको मुख्य बाचा बिर्सिएको बताएका छन् ।

नेपाल स्वास्थ्यकर्मी संघको ३४औँ स्थापना दिवसको अवसरमा मंगलबार नेपालगञ्जमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै थापाले यस्तो बताएका हुन् ।

‘कांग्रेस र एमालेलेको सरकार गठन हुँदा संविधान संशोधन गर्ने भनेर ७ बुँदामा बाचा गरियो । वाचा पूरा गरिरहेका छैनौँ’, उनले भने, ‘हामी यति मस्त भएका छौँ कि संविधान संशोधनको मुख्य वाचा बिर्सियौँ । यो अलमलबाट बाहिर निस्किएर कांग्रेस एमालले ७ बुँदाअनुरुप संविधान संशोधनका निम्ति तत्काल गर्नुपर्ने काम गर्नुपर्ने छ ।’

उनले संघीय लोकतान्त्रिक व्यवस्थाप्रति नागरिकलाई भरोसा दिलाउन आवश्यक रहेको उल्लेख गर्दै यस व्यवस्थाका कमजोरीहरु सुधार गर्नुपर्ने बताए । उनले भने, ‘संघीय लोकतान्त्रिक गणतन्त्र व्यवस्था टिक्छ, टिकाउँछौँ । यो व्यवस्थामा केही कमजोरीहरू छन् कमजोरीहरू हामी सुधार्छौँ । सुधार्ने तरिका भनेको संविधान संशोधन गर्छौँ ।’

ताजा अपडेट

खोजी गर्नुहोस