रवि लामिछानेले मागे काठमाडौँको कारागारमा सरुवा

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ दिन अघि)
  • ४७ पटक पढिएको
रवि लामिछानेले मागे काठमाडौँको कारागारमा सरुवा

जेठ २०, काठमाडौँ । सुप्रिम सहकारी ठगीको अभियोगमा पुर्पक्षका लागि थुानामा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले कारागार सरुवा गर्न माग गरेका छन् । लामिछानेले जिल्ला अदालत रुपन्देहीमा निवेदन दिएर काठमाडौँको डिल्लीबजार कारागार सरुवा माग गरेका हुन् ।

अदालतले आवश्यक प्रक्रिया मिलाइदिन पत्र पठाएसँगै रुपन्देही कारागार प्रशासनले कारागार व्यवस्थापन विभागमा पत्र पठाइसकेको छ । तर कारागार व्यवस्थापन विभागबाट निर्णय भएर आउन बाँकी रहेको रुपन्देही कारागारका जेलर सुरेश भण्डारीले जानकारी दिए ।

उनका अनुसार विभागबाट निर्णय भएर आए लगतै लामिछानेलाई सरुवा गरिने छ । सुप्रिम सहकारी ठगीको अभियोगमा जिल्ला अदालत रुपन्देहीले सुरुमा एक करोड रुपैयाँ धरौटीमा रिहा गर्न आदेश दिएको थियो ।

तर उच्च अदालत तुलसीपुरको बुटवल इजलासले गत चैत २२ गते जिल्ला अदालतको आदेश बदर गर्दै पुर्पक्षका लागि थुनामै राख्ने आदेश गरेपछि उनी त्यसै दिन पक्राउ परेका थिए ।

अब उनले सुप्रिम सहकारी ठगीको अभियोगमा फैसला नभएसम्मका लागि थुनामा बस्नैपर्छ । कारागार बसाई लम्बिने भएपछि उनले सरुवा माग गरेका हुन् । रुपन्देही बाहेकका अदालतबाट भने उनी धरौटीमा रिहा भएका थिए ।

ताजा अपडेट

खोजी गर्नुहोस