सदन अवरुद्ध गर्ने रणनीति बुन्न छलफलमा जुट्दै प्रतिपक्ष दल

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २०, मंगलबार (१ दिन अघि)
  • ४३ पटक पढिएको
सदन अवरुद्ध गर्ने रणनीति बुन्न छलफलमा जुट्दै प्रतिपक्ष दल

जेठ २०, काडमाडौं । प्रतिपक्षी दलहरुले प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने भएका छन् । जेठ १५ गते आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेपछि पहिलोपटक आज बस्न लागेको प्रतिनिधिसभाको बैठक अवरुद्ध गर्ने प्रतिपक्षको तयारी छ ।

प्रतिपक्ष दलले भिजिट भिषा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजिनामा नदिएसम्म संसद चल्न नदिने बताएका छन् । राजीनामालाई बटमलाइन बनाएका नेकपा माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी , एकीकृत समाजवादी लगायत प्रतिपक्षी दलले उच्चस्तरिय छानविन समितिको माग पनि गरेका छन् ।

सदन खुलाउनेबारे छलफल गर्न हिजो बसेको प्रमुख तीन दलका शीर्ष नेताहरुको छलफल निश्कर्षविहिन बनेको थियो । विपक्षीहरुले अडान नछाड्दा पेलेरै जाने सरकारको तयारी देखिन्छ ।

यसैबीच संसद् बैठकअघि विपक्षी दलहरु छलफलमा जुट्दैछन् । बैठक बिहान १० बजे संसद् भवन परिसरमै बस्नेछ । बैठक अवरुद्ध पार्ने रणनीति बुन्न विपक्षी दलहरुको बैठक बस्न लागेको रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले जानकारी दिए ।

यसअघि हिजो बसेको रास्वपा संसदीय दलको बैठकले गृहमन्त्रीले राजीनामा तथा प्रधानमन्त्रीले संसदमा जवाफ नदिएसम्म संसदको कारबाही अघि बढ्न नदिने निर्णय गरेको थियो । त्यस्तै हिजो नै बसेको माओवाादी संसदीय दलको बैठकले पनि गृहमन्त्रीमाथि प्रश्न उठिसकेपछि नैतिकताका आधारमा राजीनामा दिएर मार्ग प्रशस्त गर्दा नै उपयुक्त हुने सुझाव दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस