आज पनि दोहोरो अंकले घट्यो शेयरबजार, कारोबार पनि निराशाजनक

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ५२ पटक पढिएको
आज पनि दोहोरो अंकले घट्यो शेयरबजार, कारोबार पनि निराशाजनक

जेठ २१,काठमाडौँ । बुधबार शेयरबजार ११.९७ अंक घटेको छ । सो अंक घटेसँगै परिसूचक नेप्से २६४६ मा कायम भएको छ ।

अंकसँगै कारोबार रकम घटेको छ । अघिल्लो दिन ६ अर्ब ६७ करोडको कारोबार भएकोमा आज ५ अर्ब १६ करोडको भयो । ६६ कम्पनीको मूल्य बढ्दा १८१ को घट्यो भने एउटाको स्थिर रह्यो ।

आज अधिकांश सेक्टरका सूचक घटेका छन् । दुई कम्पनी ओम मेगाश्री फर्मास्युटिकल्स र पियोर इनर्जीको मूल्य १० प्रतिशत बढेको छ ।
धेरै कारोबार भएका कम्पनीमा अरुण काबेली हाइड्रोपावर, राधि विद्युत्, ङादी ग्रुप, युनिभर्सल पावर र बरुण हाइड्रोपावर छन् ।

 

ताजा अपडेट

खोजी गर्नुहोस