विश्वकप लिग टुः नेपालले पायो २२६ रनको लक्ष्य

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ८१ पटक पढिएको
विश्वकप लिग टुः नेपालले पायो २२६ रनको लक्ष्य

जेठ २१, काठमाडौं । आइसीसी विश्वकप लिग टु अन्तर्गतको खेलमा नेदरल्याण्ड्सले नेपाललाई जितका लागि २२६ रनको लक्ष्य दिएको छ ।

स्कटल्याण्डको डन्डीस्थित फोर्थहिलमा टस जितेर ब्याटिङ थालेको नेदरल्याण्ड्सले ४९.१ ओभरमा सवै विकेट गुमाएर २२५ रन मात्र बनायो । उसका लागि नोआ क्रोसले सर्वाधिक ४८ रन बनाए ।

यस्तै कप्तान स्कट एडवार्टसले ४६ रनको योगदान गरे भने बिक्रमजीत सिंले ३८ , ज्याक लायन–क्याचेटले २७, म्याक्स्ओ डाउड ४ तथा मिचेल लेभिट १ रनमा सेमेटिए ।

बलिङतर्फ सोमपाल कामीले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी ,करण केसी र सन्दीप लामीछानेले २–२ विकेट लिए ।

पहिलो खेलमा घरेलु टोली स्कटल्याण्डबिरुद्ध एक विकेटको रोमाञ्चक जित निकालेको नेपाल आज दोस्रो जितको खोजीमा छ ।

ताजा अपडेट

खोजी गर्नुहोस