अग्नि सापकोटाविरुद्ध उत्प्रेषण जारी, अनुशन्धानका लागि बाटो खुल्यो

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ २१, बुधबार (१ दिन अघि)
  • ५५ पटक पढिएको
अग्नि सापकोटाविरुद्ध उत्प्रेषण जारी, अनुशन्धानका लागि बाटो खुल्यो

जेठ २१, काठमाडौं । सर्वोच्च अदालतले पूर्वसभामुख एवं नेकपा माओवादीका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको अपहरण तथा ज्यान मुद्दामा उत्प्रेषण आदेश जारी गरेको छ ।

प्रधानन्यायाधीश प्रकाशमान सिंह राउतसहित सपना प्रधान मल्ल, कुमार रेग्मी, मनोजकुमार शर्मा र कुमार चुँडालको संवैधानिक इजलासले सो मुद्दामाथिको सुनुवाइ आज सकेर आदेश आएको हो । सर्वोच्चको यो आदेशसँगै सापकोटामाथि काभ्रेका अर्जुन लामाको अपहरण र हत्या प्रकरणमा प्रहरीमाथि अनुसन्धान गर्न बाटो खुलेको छ ।

सापकोटाका तर्फबाट आज वरिष्ठ अधिवक्ताहरू रमनकुमार श्रेष्ठ, दिनमणि पोखरेल र मुक्तिनारायण प्रधानले बहस गरेका थिए । त्यसअघि निवेदकका तर्फबाट वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठी, अधिवक्ता ओमप्रकाश अर्याललगायतले बहस गरेका थिए ।

अब सापकोटा र काभ्रेका माओवादी सांसद सूर्यमान दोङविरुद्ध अनुसन्धान हुनेछ ।

यसअघि २०६५ सालमा प्रचण्ड सरकारले सापकोटामाथि मुद्दा नचल्ने निर्णय गरेको थियो । त्यस्तै २०६९ मा बाबुराम भट्टराईको सरकारले काभ्रे प्रहरीलाई मुद्दा मुल्तबीमा राख्न आदेश दिएको थियो । पटकपटक पेशीमा चढे पनि यो मुद्धामा लामो समयदेखि अदालतले टार्ने गरेको थियो ।

माओवादी युद्धका बेला अपहरणपछि मारिएका काभ्रेका अर्जुन लामाको हत्यामा सापकोटा प्रमुख दोषी रहेको भन्दै सापकोटाविरुद्ध २०६८ असार ६ गते मुद्दा दर्ता भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस