जेठ १९, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सचिवालय र संसदीय दलको बैठक बोलाएको छ । सोमबार अपरान्ह १ बजे बस्ने गरेर पार्टीको केन्द्रीय सचिवालय बैठक बोलाइएको हो ।
रास्वपाले संसदीय दलको बैठक पनि आजै दिउँसो ३ बजे गरी बोलाइएको छ । यी दुवै बैठक केन्द्रीय कार्यालय वनस्थलीमा राखिएको रास्वपाले जनाएको छ ।
बैठकमा मुलुकको समसामयिक राजनीति, भिजिट भिसा प्रकरणमा गृहमन्त्रीको संलग्नता, रास्वपाका गतिविधि लगायतका विषयमा छलफल हुने सो पार्टीले जनाएको छ ।
रास्वपा लगायत प्रतिपक्ष दलहरुले भिजिट भिसा प्रकरणमा गृहमन्त्री रमेश लेखकले राजीनामा नदिएसम्म संसद् बैठक चल्न नदिने अडान लिएका छन् ।