राजावादीको आन्दोलनले माइतीघर-नयाँ बानेश्वर सडक अस्तव्यस्त

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ४४ पटक पढिएको
राजावादीको आन्दोलनले माइतीघर-नयाँ बानेश्वर सडक अस्तव्यस्त

जेठ १६, काठमाडौं । राजावादी समुहहरूले गणतन्त्र विरुद्ध गरेको प्रदर्शनका कारण काठमाडौंको माइतीघर-नयाँ बानेश्वर सडकमा सवारी आवागमन प्रभावित भएको छ । प्रदर्शनकारीहरू सडकमा भेला भएपछि सवारी आवागमन प्रभावित बनेको हो ।

राजतन्त्र पुनर्स्थापनाको माग राख्दै राप्रपा, राप्रपा नेपाल लगायतका राजावादी समुहद्वारा गठित संयुक्त जनआन्दोलन परिचालन समितिले हिजोदेखि काठमाडौं केन्द्रित भएर जनप्रदर्शन गरेका छन् । समितिले राजतन्त्र पुनर्स्थापना नभएसम्म आन्दोलनलाई जारी राख्ने बताएका छन् ।

आज पनि माइतीघरमा उपस्थित भएका राजतन्त्र पक्षधरले नयाँ बानेश्वरतर्फ आउने क्रममा बबरमहल बिजुलीबजारको मुख्य सडक कब्जा गरेर आन्दोलन गर्दा विभिन्न क्षेत्रमा सवारी साधनको लामो जामले सर्वसाधारण यात्रुहरुले सास्ती खेप्नुपरेको छ ।

यातायात ठप्प भएपछि राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले सवारीसाधन अवरुद्ध नगर्न आग्रह गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस