जेठ २० देखि असार १५ गतेसम्मको प्रतिनिधिसभा ‘क्यालेन्डर’ तयार

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ४८ पटक पढिएको
जेठ २० देखि असार १५ गतेसम्मको प्रतिनिधिसभा ‘क्यालेन्डर’ तयार

जेठ १६, काठमाडौं । संघीय संसद् सचिवालयले प्रतिनिधिसभा बैठक जेठ २० गतेदेखि असार १५ गतेसम्म १९ दिन बस्ने गरी ‘क्यालेन्डर’ तयार गरेको छ ।

शुक्रबार (जेठ १६) सभामुख देवराज घिमिरेले बोलाएको कार्यव्यवस्था परामर्श समितिको बैठकले असार १५ गतेसम्मको उक्त क्यालेन्डर तयार गरिएको हो ।

क्यालेन्डरअनुसार, जेठ २०, २१, २२, २३, २५, २६, २७, २८, २९ र ३० गते प्रतिनिधि सभाको बैठक बस्नेछ । त्यस्तै असारमा १, २, ३, ४, ५, ६, १०, ११ र १२ गते प्रतिनिधिसभा बैठक बस्नेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस