देशभर आंशिक बदली, कोशीमा भारी वर्षाको सम्भावना

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १७, शनिबार (१ दिन अघि)
  • ३१ पटक पढिएको
देशभर आंशिक बदली, कोशीमा भारी वर्षाको सम्भावना

जेठ १७, काठमाडौं । हाल देशको पश्चिम र मध्य भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी प्रदेशका अधिकांश भूभागमा मनसुनी वायुको प्रभाव छ ।

महाशाखाका अनुसार आज कोशी प्रदेश, मधेश प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेशलगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहनेछ ।

कोशी प्रदेशका केही, मधेश प्रदेश लगायत देशको पहाडी भूभागका थोरै र बाँकी भूभागका केही स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी प्रदेशको एकदुई स्थानमा अधिक वर्षाको समेत सम्भावना छ । देशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

राति कोशी र मधेश प्रदेशको केही तथा बाँकी पहाडी भेगका थोरै र बाँकी भूभागका एकदुई स्थानमा चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । कोशी र मधेस प्रदेशको एकदुई स्थानमा धेरै वर्षाको समेत सम्भावना छ। देशको उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षासहित हिमपातको सम्भावना छ ।

ताजा अपडेट

खोजी गर्नुहोस