रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो, आइतबार भोटो देखाइने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ५६ पटक पढिएको
रातो मच्छिन्द्रनाथको रथलाई जावलाखेल पुर्‍याइयो, आइतबार भोटो देखाइने

जेठ १६, काठमाडौं । रातो मच्छिन्द्रनाथको रथ लगनखेलबाट तानेर जावलाखेल पुर्‍याइएको छ । बिहीबार साँझ रथलाई जावलाखेल पुर्‍याइएको हो ।

जावलाखेल पुर्‍याएसँगै अब आइतबार भोटो जात्रा देनाइनेछ । लगनखेलमा रहेको रथलाई जावलाखेलमा पुर्‍याइएको चौथो दिनमा भोटो देखाउने परम्परा छ ।

वर्षा र सहकालका देवताका रूपमा पुजिने रातो मच्छिन्द्रनाथको जात्रा नेपालमा मनाइने सबैभन्दा लामो जात्रा हो । मच्छिन्द्रनाथको रथ यात्रा वैशाख शुक्ल प्रतिपदामा शुरु भएर आषाढ शुक्ल चतुर्थीसम्म चल्छ । रथलाई ललितपुरका विभिन्न स्थानमा घुमाउने गरिन्छ ।

पुल्चोकमा रथारोहण गरी शुरू भएको मच्छिन्द्रनाथको रथयात्रा गाःबाहल, मंगलबजार, सुन्धारा, लगनखेल, इटिटोल हुँदै जावलाखेलमा पुर्‍याएर भोटो देखाइन्छ । यससँगै मच्छिन्द्रनाथलाई सानो खटमा राखी बुंगमतीमा लगिन्छ भने भने मीननाथलाई रथमा राखेर टङ्गल लगिनेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस