बजेट पुुरातन, कर्मकाण्डी र नेताको टाउको हेरेर वितरण गरेको टिप्पणी

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ जेष्ठ १५, बिहिबार (१७ घण्टा अघि)
  • ६३ पटक पढिएको
बजेट पुुरातन, कर्मकाण्डी र नेताको टाउको हेरेर वितरण गरेको टिप्पणी

जेठ १५, काठमाडौं । सरकारले आज ल्याएको बजेटमा विपक्षी साना दलहरुले कर्मकाण्डी, पुरातनबादी र कपिपेष्ट भएको प्रतिक्रिया दिएका छन् । बजेट भाषण लगतै संसद भवन परिसरमा पत्रकारसँग विपक्षी दलका नेताहरुले संक्षिप्त प्रतिक्रिया दिने क्रममा त्यस्तो बताएका हुन् ।

पूर्वअर्थमन्त्रीसमेत रहेका नेकपा माओवादी केन्द्रका सांसद जनार्दन शर्माले अधिकांश बजेटका बुँदाहरु कपि पेष्ट भएको बताए । उनले अहिले नारा कम रहेको बताउदै अर्थतन्त्रमा समस्या रहेकाले त्यो समाधान गर्न अर्थतन्त्रकै पूर्नसंरचना गर्नुपर्छ तर त्यो स्तरबाट नआएको बताए ।

राप्रपाका प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले बजेटलाई पुरातनबादी भन्दै सरकारलाई कामचलाउ भनेका छन् । उनले राष्ट बैंकले ल्याउने निदेंशिकाको कुरा बजेटले ल्याएको भन्दै बजेट नीति बनाउने कुरा हो तर पुरातन र कर्मकाण्डी भएको बताए ।

उनले भएका विमानस्थलन नै चल्न नसकेको अवस्थामा अर्को विमानस्थल बनाउने घोषणा गर्नु नयाँ कमिसनको खेल भएको आशंका गरेका छन् । सांसद शाहीले इभि गाडीमा कर नढाउनु मात्र राम्रो भनेका छन् ।

आजपाका सांसद प्रभु साहले अहिलेको बजेट नेतामुखी भएको प्रतिक्रिया दिएका छन् । यसअघि तस्करी गर्ने गरिएको अब खुलेयाम विदेश लैजान पाउने व्यवस्था गरिएको दाबी साहले गरेका छन् । उनले बजेट वितरण नेताको टाउको हेरेर ल्याएको भन्दै उनले किसान, गरिब र श्रमजीवि वर्गको हितमा नआएको बताए ।

यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविज्ञ स्वर्णिम वाग्लेले यसपालीको बजेट पनि ‘जेठमा फुकाउने र माघमा सुकाउने’ पुरानै रोगको निरन्तरता दिनेगरी आएको टिप्पणी गरे । उनले बजेट गैरजिम्मेवार नभए पनि कार्यान्वयनमा शंका गर्ने खालको भएको बताए ।

‘यसलाई हामीले गैरजिम्मेवार मानेका छैनौँ,’ वाग्लेले भने, ‘यद्यपि, विगत भूकम्पपछि एकदमै उकाले उकालो लागेर एकदमै ठूलो आकारमा बजेट फुक्ने अनि माघमा गएर सुकाउने रोगको चाहीँ निरन्तरता हुन्छ कि भन्ने चिन्ता हामीलाई छ ।’

ताजा अपडेट

खोजी गर्नुहोस