बजेट पपुलिस्ट आयो, अर्थतन्त्रमा सुधार ल्याउदैन : राजेन्द्र पाण्डे

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ जेष्ठ १५, बिहिबार (१५ घण्टा अघि)
  • ६४ पटक पढिएको
बजेट पपुलिस्ट आयो, अर्थतन्त्रमा सुधार ल्याउदैन : राजेन्द्र पाण्डे

जेठ १५, काठमाडौं । नेकपा एकीकृत समाजवादीका वरिष्ठ उपाध्यक्ष एवं बागमती प्रदेशका पूर्व मुख्यमन्त्री राजेन्द्र पाण्डेले सरकारको बजेटले अर्थतन्त्रमा सुधार ल्याउन नसक्ने बताएका छन् ।

पाण्डेले यो बजेटलाई पपुलिस्ट भन्दै बजेटको आकार मात्रै बढाइदा त्यसले अहिलेको अर्थतन्त्रमा सुधार आउन नसक्ने बताएका हुन् । उनले झण्डै ५ खर्ब घाटाको बजेटमा आम्दानीको स्रोत कम भएको बताए ।

‘मुख्यकुरो आम्दानीको श्रोत कम छ । झण्डै–झण्डै ५ खर्ब घाटाको बजेट आयो’, उनले भने, ‘अहिले नै राजश्व राम्रोसँग उठिरहेको छैन । उठिरहेको राजस्वले धान्न सक्ने स्थिति छैन ।’

महँगी भत्ता बढाउने निर्णयकै भार समेत थेग्न मुस्किल पर्नेगरी आएको बजेटले अर्थतन्त्रको अप्ठ्यारो फुकाउन नसक्ने उनी बताउँछन् । ‘बजेटले अर्थतन्त्रमा रहेको अप्ठ्यारो फुकाउने देखिएन । सुधार ल्याउनेगरी बजेट आउनुपर्थ्यो । जस्तो कयौं संस्थानमा छन्, घाटामा चलिरहेका छन् । त्यस्तालाई बन्दै गर्ने निर्णय गर्नुपर्थ्यो’, पाण्डे भन्छन् ।

उनले प्राथमिकताका हिसाबले राष्ट्रिय महत्वका परियोजनालाई पनि छान्न नसकेको बताए । उनले बहुउद्देश्य बूढी गण्डकी परियोजनामा राज्यको एक खर्ब जति सकिएको भन्दै यो परियोजनामा बजेटको सुनिश्चतता नगरिएको बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस