जेठ १६, काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । शुक्रबार सुन सात सय रुपैयाँले बढेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ८८ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको कारोबार प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँमा भएको थियो ।
आज चाँदीको मूल्य भने घटेको छ । चाँदीको मूल्य आज १५ रुपैयाँले घट्दै प्रतितोला १ हजार ९८० रुपैयाँ कायम भएको छ ।