माओवादीले दोस्रो चरणको मध्यपहाडी अभियान जेठ २१ गतेदेखि सुरु गर्ने

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ जेष्ठ १६, शुक्रबार (१ दिन अघि)
  • ४० पटक पढिएको
माओवादीले दोस्रो चरणको मध्यपहाडी अभियान जेठ २१ गतेदेखि सुरु गर्ने

जेठ १६, काठमाडौं । नेकपा (माओवादी केन्द्र) ले मध्य पहाडी लोकमार्ग केन्द्रित दोस्रो चरणको अभियान जेठ २१ गतेदेखि सुरु गर्ने भएको छ । अध्यक्ष प्रचण्ड निवास खुमलटारमा बिहान बसेको पदाधिकारी बैठकले अभियान सञ्चालन गर्ने निर्णय गरेको पार्टीका सचिव देवेन्द्र पौडेलले जानकारी दिए ।

उनका अनुसार अभियान लमजुङबाट सुरु भएर जेठ २५ गते सिन्धुली आएर टुंगिनेछ । यसअघि जेठ २ गतेबाट सुरु भएको अभियान पोखरामा आएर टुंगिएको थियो । यो अभियान सोलुखुम्बुमा गएर सम्पन्न हुनेछ ।

यस्तै एकता प्रक्रियामा जोडिएका गंगानारायण श्रेष्ठ समूहलाई जिम्मेवारी दिनेबारे निर्णय भएको बताए । पौडेलका अनुसार नेसपाको कार्यकारिणी पदमा रहेकालाई केन्द्रीय सदस्य बनाउने र अन्यलाई साबिक पार्टीमा रहेको जिम्मेवारी अनुसार समायोजन गर्ने निर्णय भएको छ ।

जेठ १२ गते श्रेष्ठ नेतृत्वको नेसपा समूह र नेपाः राष्ट्रिय पार्टीसँग एकता भएको थियो । नेसपाका सह–अध्यक्ष रहेका श्रेष्ठलाई माओवादीले सचिवको जिम्मेवारी दिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस