जेठ १६, काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुका साथै बंगालको खाडी र अरब सागरबाट आएको जलवाष्पयुक्त हावाको समेत आंशिक प्रभावले देशभरको मौसममा आंशिक बदली भैरहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
आज दिउँसो कोशी प्रदेश, मधेश प्रदेश र गण्डकी प्रदेश लगायत देशको पहाडी भेगमा आंशिक देखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफादेखि आंशिक बदली रहनेछ । कोशी प्रदेशका केही स्थानहरूमा, मधेश, बागमती र गण्डकी प्रदेश लगायत देशको पहाडी भेगका थोरै र बाँकी भूभागका एकदुई स्थानमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
महाशाखाका अनुसार कोशी र गण्डकी प्रदेशका एकदुई स्थानमा भारी वर्षाको समेत सम्भावना छ । कोशी प्रदेश र बागमती प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागका थोरै र बाँकी उच्च पहाडी तथा हिमाली भूभागका एकदुई स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।