जेठ १५,काठमाडौँ । सरकारले विद्युतीय कारोबारको भ्याट खारेज गरेको छ । अर्थमन्त्री विष्णु पौडेलले आर्थिक वर्षको बजेट वक्तव्यमार्फत यो व्यवस्था मिलाएको घोषणा गरेका हुन् ।
अर्थमन्त्री पौडेलले भने, “डिजिटल भुक्तानीलाई प्रोत्साहित गर्न समासोधन विद्येयकमा लाग्दै आएको मूल्य अभिवृद्धि खारेज गरेको छु ।”
एकातिर विद्युतीय कारोबारलाई प्रोत्साहक गर्ने नीति लिने घोषणा गरेको सरकारले विद्युतीय कारोबारको भ्याट लगाएसँगै त्यसको विरोध हुँदै आएको थियो ।