मैत्रीपूर्ण खेलमा एन्फा मकवानपुरले बागमती पुलिसलाई हरायो

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ३०, शुक्रबार (१८ घण्टा अघि)
  • ७१ पटक पढिएको
मैत्रीपूर्ण खेलमा एन्फा मकवानपुरले बागमती पुलिसलाई हरायो

हेटौडा । एन्फा मकवानपुर नेपाल र बागमती पुलिस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल भएको छ । हेटौंडा–११,थानाभ¥याङस्थित बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाको खेलमैदानमा एन्फा मकवानपुर र बागमती पुलिस क्लबबीच मैत्रीपूर्ण फुटबल खेल भएको हो । मंगलबार भएको मैत्रीपूर्ण खेलमा एन्फा मकवानपुरले बागमती पुलिसलाई २–१ गोल अन्तरले हराएको छ ।

हेटौडाको सहिद स्मारकमा रहेको हेटौँडा एकेडेमीले आवासिय रुपमा एन्फा एकेडेमी चलाइरहेको छ । सिस्नेरीमा भएको दुखद घटनापछि हेटौँडा एकेडेमीले एन्फालाई सहज ढंगले अघि बढाउन सहयोग गरेको एकेडेमीका अध्यक्ष अरुणराज सुमार्गीले अनलाइनकेन्द्रलाई बताए । एन्फासंग सहमती गरेर हेटौडा एकेडमीले एन्फा एकेडेमीलाई सपवल बनाउन लागि परेकमो उनले बताए । यसो त हेटौँडा एकेडेमीले फुटवल,क्रिकेट,बास्केटबल लगायत खेल क्षेत्रमा महत्वपुर्ण लगानी गरिरहेको छ ।

एन्फा मकवानपुरको प्रशिक्षणमा नियमित रुपमा करिब २९ जना खेलाडीहरु सहभागी हुने गरेको प्रशिक्षक भीम लामाले बताए ।

खेलाडीहरुले प्रशिक्षणको समयमा लिएको ज्ञानलाई मूल्याङ्कन गर्न, क्षमताको विकास गर्न र बाहिरी जिल्लाको प्रतियोगिताका लागि तयार पार्नका लागि यस्तो गर्न आवश्यक रहेको उनको भनाई छ । उनले विशेषगरी ४ विधामा खेलाडीहरुलाई प्रशिक्षण दिने गरेको बताए । अट्याकिङ, पोजेटिभ ट्रान्जीसन, नेगेटिभ ट्रान्जीसन र डिफेन्सीपको टे«निङ दिने गरेको र यी मुमेन्टले बढी ड्रिल प्रशिक्षण गराउने गरेको छ ।

उनले विगद ७ महिनादेखि एन्फाका खेलाडीलाई फुटबल प्रशिक्षण दिँदै आइरहेको छन् । सिस्नेरीको बत्सलादेवीमा प्रशिक्षार्थीको रुपमा प्रशिक्षण लिइरहेका समयमा भारी वर्षाको कारणले कुलेखानी ड्याम्पको ढोका खेलेपछि ६ जना किशोर खेलाडीहरुले पहिरोमा परेर मृत्यु भएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस