आगामी तीन दिन भारी वर्षा हुने

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३१, शनिबार (१४ घण्टा अघि)
  • ६२ पटक पढिएको
आगामी तीन दिन भारी वर्षा हुने

जेठ ३१, काठमाडौं । नेपालमा पुन मनसुन सक्रिय भएसंगै आगामी तीन दिन भारी वर्षा हुने भएको छ । मनसुनी प्रभावका कारण आगामी तीन दिन नै वर्षा हुुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

मौसमविद् सरोज पुडासैनीले आजदेखि आगामी तीन दिन नै वर्षा हुने जानकारी दिए । आज बिहान र दिउँसोको तुलनामा राती भारी बर्षा हुने भएकाले सचेत रहन मौसमविद् पुडासैनीको आग्रह छ । कोशी र मद्येश प्रदेशमा भारीदेखि अति भारी बर्षा हुन सक्ने उनले बताए ।

उनका अनुसार आज कोशी र मधेश प्रदेशका थोरै स्थानमा तथा बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना छ । कोशी र बागमती प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका केही तथा बाँकी उच्चपहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का वर्षा र हिमपातको सम्भावना छ ।

हाल कोशी, मधेश, बागमती, गण्डकी प्रदेशका केही भूभाग र लुम्बिनीका पूर्वी क्षेत्रका थोरै भूभागमा मनसुनी वायुको प्रभाव छ । साथै देशको पश्चिम भूभागमा पश्चिमी वायु तथा स्थानीय वायुको प्रभाव रहेको छ ।

वर्षाका कारण देशका बिभिन्न स्थानहरुमा बिपत्का घटनाहरु निम्तन थालेका छन् । सरकारले कुनैपनि बिपद्का घटनाहरु भएमा त्यसकालागि सरकारका सबै संयन्त्रहरु तयारी अबस्थामा रहेको जनाएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका प्रबक्ता रामबहादुर केसीले स्थानीय देखि केन्रदसंम्ममा सबै संयन्त्रहरु परिचालित भईसकेको र तयारी अबस्थामा रहेको बताए ।

कुनै पनि बिपद्का घटना भएमा सरकारले सकेसम्म चाँडै उद्धार गर्ने गरी आन्तरिक तयारी पुरा गरिसकेको थाहासञ्चार नेटवर्कलाई जानकारी दिए । आवश्यक परेको खण्डमा हेलिकप्टर समेत तयारीमा अबस्थामा राखिएको उनले जानकारी दिए ।

सरकारको सबै तयारी पुरा भएपनि बिपद्का लागि जगेडा पैसा नहुँदा तुरन्त काम गर्न सकिने अबस्थामा नरहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा ब्यबस्थापन प्राधिकरणका सहसचिव अर्जुन कुमार बमले बताए । क्षतिको सहि बिबरण नआउँदा पहुँचका आधारमा राहत लिनेहरुको हाबी भएको उनको दाबी छ ।

यस बर्षको मनुसुनमा झण्डै २० लाख मानिस प्रभाबित हुने सरकारको प्रक्षेपण छ ।

ताजा अपडेट

खोजी गर्नुहोस