काठमाडौं महानगरका घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ जेष्ठ ३१, शनिबार (१७ घण्टा अघि)
  • ७४ पटक पढिएको
काठमाडौं महानगरका घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान

जेठ ३१, काठमाडौं । काठमाडौं महानगरपालिकाले घरपालुवा कुकुरमा ‘माइक्रोचिप’ जडान शुरु गरेको छ । महानगरपालिकाले ३२ वटै वडामा यो अभियान शुरु गरेका हो ।

महानगरको कृषि तथा पशुपन्छी विभागका प्रमुख नूरनिधि न्यौपानेले महानगरभित्र रहेका घरपालुवा कुकुरको सुरक्षा, तिनीहरूको यकिन तथ्याङ्क सङ्कलन तथा कुकुरपालकको पहिचान गर्ने उद्देश्यले कुकुरहरूमा ‘माइब्रोचिप’ जडान अभियान शुरु गरेको बताए ।

महानगरपालिकाले जारी गरेको कुकुररबिरालो व्यवस्थापन, नियन्त्रण र दर्ता कार्यविधि, २०७९ मा महानगर क्षेत्रभित्रका घरपालुवा कुकुर र बिरालोको दर्ता अनिवार्य गरिएको छ । यस अनुसार महानगरपालिकाले कुकुररबिरालो दर्ता तथा ‘माइक्रोचिपिङ’ अभियान शुरु गरेको हो ।

‘घरमा पालिएका कुकुर सडकमा आयो भने यो कसको कुकुर हो भन्ने कुरा थाहा होस् भन्ने उद्देश्यले समेत यो अभियान शुरु गरिएको हो । ‘माइक्रोचिप’ को आधारमा कुकुरपालकलाई पहिचान गरी जरिबाना गरिने छ’, उनले भने, ‘घरमा कुकुरलाई छोराछोरीसरह पाल्ने र दुईचार महिनापछि रोग लागेमा जतासुकै जाओस् भन्न पाइँदैन । कुकुरले जथाभावी फोहोर गरेमा ‘माइक्रोचिप’ का आधारमा कुकुरपालकको पहिचान गरी कुकुरले गरेका फोहोर सफा गर्न लगाउँछौँ ।’

उनले ‘माइक्रोचिप’ लगाउन कुकुरपालकहरूलाई सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न सार्वजनिक सूचनामार्फत अनुरोध गरिसकेको बताए । वडा कार्यालयमा नेपाली जातको कुकुरको निःशुल्क र विदेशी जातको कुकुरको दर्ता शुल्क दुई हजार रुपियाँ तोकिएको छ ।

‘कुकुरपालकले कुनै क्लिनिकमा गएर कुकुरमा एक हजार रुपैयाँ तिरेर ‘माइक्रोचिप’ हाल्नु पर्छ । चिप हालिसकेपछि सम्बन्धित चिकित्सकले कुकुरको जात खुलाएर फाराम भर्नु पर्छ’, महानगरको कृषि तथा पशुपन्छी विभागका पूर्वप्रमुख अवधेश झाले भने, कुकुरपालकले त्यो फाराम लिएर सम्बन्धित वडा कार्यालयमा गएर दर्ता गराउनु पर्छ ।”

ताजा अपडेट

खोजी गर्नुहोस