फिफा क्लब विश्वकप आजदेखि अमेरिकामा सुरु

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ जेष्ठ ३१, शनिबार (१७ घण्टा अघि)
  • ६५ पटक पढिएको
फिफा क्लब विश्वकप आजदेखि अमेरिकामा सुरु

जेठ ३१, काठमाडौं । फिफा क्लब विश्वकप २०२५ आज रातिदेखि अमेरिकामा सुरु हुँदैछ । यस वर्षको संस्करणमा ३२ टोली सहभागी हुँदैछन् ।

योसँगै अब फिफा वल्र्ड कप र क्लब वल्र्डकपबीच समानता बनेको छ । यसले क्लब विश्वकपलाई एक अन्तर्राष्ट्रिय फुटबल महाकुम्भको रूपमा स्थापित गर्ने विश्वास लिइएको छ । नेपाली समयअनुसार भोलि बिहान पौने ६ बजे हुने उद्घाटन खेलमा अल–अह्ली र इन्टर मियामीबीच प्रतिस्पर्धा हुनेछ ।

प्रतियोगितामा ३२ क्लबलाई ८ समूहमा विभाजित गरेर खेलाउन थालिएको छ । प्रत्येक समूहमा रहने ४ टोलीमध्ये शीर्ष २–२ टोली नकआउट चरणमा पुग्नेछन् । प्रतियोगिताको फाइनल खेल जुलाई १३ मा खेल हुनेछ ।

क्लब विश्वकपमा रियल म्याड्रिड, बायर्न म्युनिख, म्यानचेस्टर सिटी, इंटर मिलान जस्ता प्रमुख क्लबहरूको सहभागिता हुनेछ । नयाँ ढाँचाले क्लब फुटबलको प्रतिस्पर्धात्मकता र वैश्विक स्तरमा यसको महत्त्वलाई थप बल दिएको फिफाले दाबी गरेको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस