जेठ ३०, काठमाडौं । प्रतिनिधिसभाको बैठक आइतबारसम्म स्थगित भएको छ । सभामुख देवराज घिमिरेले आइतबार बिहान ११ बजेसम्मका लागि बैठक स्थगित भएको जानकारी गराए ।
सभामुख घिमिरेले आजको बैठक विपक्षी दलको अवरोधकैबीच अगाडी बढाए । बैठक संचालन लगतै बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा0 र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरुले उठेर बिरोध जनाउदै गृहमन्त्री रमेश लेखकको रानीनामा माग गरे ।
सत्तारुद्ध दल नेकपा एमाले र प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्रबीच सदन खुलाउन २ बुँदे सहमति भएपछि आज राप्रपा र रास्वपाले मात्रै उठेर विरोध जनाएका थिए । बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले सत्तापक्षसँग भएको सहमतिबारे जानकारी गराएका थिए ।
त्यसपछि राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनले आफ्नो धारणा राख्दै गृहमन्त्री रमेश लेखकलाई नैतिकता छ भने राजीनामा दिएर भिजिट भिसा प्रकरणमा छानबिनका लागि सहयोग गर्न आग्रह गरे । उनले सहसचिवभन्दा ठूलो व्यक्ति को हुन्छ रु मन्त्री बाहेक भन्दै प्रश्न गरे ।
उनले माओवादी केन्द्रले सरकारसँग सहमति गरेर लुटमा साथ दिएको आरोप पनि लगाए । उनले सरकारले जंगे शासन लाद्न खोजेको भन्दै आपत्ति जनाए । लिङ्देनले सरकारले लेख्न र बोल्न पाउने अधिकारसमेत कुन्ठित गरेको आरोप लगाए ।
यस्तै रास्वपाका सांसद मनिष झाले बैठकमा संसदीय उच्चस्तरीय छानबिन नबनेसम्म आफूहरूको आन्दोलन जारी रहने बताए । त्यसपछि भिजिट भिसा प्रकरणमा आफूमाथि लागेका आरोपबारे गृहमन्त्री लेखकले प्रष्टीकरण दिए । लेखकले आफूमाथि राजनीतिक प्रतिशोध साँधेर आरोप लगाइएको र त्यो घटनामा आफ्नो कुनै संलग्नता नरहेको बताए ।