जेठ ३१, काठमाडौं । त्रिकोणात्मक टी–२० अन्तराष्ट्रिय सिरिजका लागि नेपाली टोलीको घोषणा गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार रोहित पौडेलको कप्तानीमा १६ सदस्यीय टोलीको घोषणा गरेको हो ।
नेपाली टोलीमा कप्तान पौडेलसंगै आशिफ शेख, कुशल भुर्तेल, अनिल शाह, भीम सार्की, दिपेन्द्र सिं ऐरी, सन्दीप लामीछाने, करण केसी, ललित राजवंशी रहेका छन् । यस्तै रुपेश कुमार सिं, लोकश बम, किरण ठगुन्ना, नन्दन यादव र बसिर अहमदले पनि टोलीमा स्थान बनाएका छन् ।
नेपालले भोली आइतवारदेखि नेदरल्याण्ड्स र स्कटल्याण्डसंग टी–२० सिरिज खेल्दैछ ।