रास्वपा र रविमाथि अन्याय हुन दिन्न : प्रचण्ड

  • अनलाइन केन्द्र
  • / माओवादी केन्द्र /
  • २०८२ अषाढ १०, मंगलबार (८ घण्टा अघि)
  • ६१ पटक पढिएको
रास्वपा र रविमाथि अन्याय हुन दिन्न : प्रचण्ड

असार १०, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ले रवि लामिछानेलाई न्याय दिलाउन आफुले अन्तिम समयसम्म प्रयास जारी राख्ने बताएका छन् । सिंहदरबारमा नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपालसहित नेताहरूसंगको भेटपछि प्रचण्डले उक्त कुरा बताएका हुन् ।

भिजिट भीषा प्रकरणलाई लिएर रास्वपाले आज पनि संसदमा अबरोध जारी राखेको बेला प्रचण्डले रास्वपा र रबिलाई अन्न्याय हुन नदिने बताए । अझ पनि त्यही प्रयासमा आफू रहेको बताए । रास्वपाका नेताहरूले यो कुरा पछि बुझ्ने प्रचण्डले बताए ।

प्रचण्डले भने, ‘सदनको अहिले भइरहेको परिस्थितिबारे समीक्षा गरिएको छ । रास्वपा र रवि लामिछानेलाई अन्याय नहोस् भन्नका निम्ति मैले अन्तिमसम्म प्रयास गरेको हो । अझै गर्दै छु । रास्वपाका साथीहरूले पछि बुझ्नुहुन्छ ।’​

माधव नेपालसंगको भेटका क्रममा प्रचण्डले दुई दलबीच संसदमा देखिएको पछिल्लो परिस्थिति, भिजिट भिसा प्रकरणमा सरकारले गठन गरेको उच्चस्तरीय छानबिन समिति, र समाजवादी मोर्चालाई कसरी अघि बढाउने भन्नेबारे सामान्य छलफल भएको उल्लेख गरे ।

ताजा अपडेट

खोजी गर्नुहोस