देशभरका १४ कृषकलाई ‘उत्कृष्ट कृषक पुरस्कार’

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १०, मंगलबार (७ घण्टा अघि)
  • ६८ पटक पढिएको
देशभरका १४ कृषकलाई ‘उत्कृष्ट कृषक पुरस्कार’

असार १०, काठमाडौं । देशभरका १४ जना कृषकलाई राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार वितरण गरिएको छ ।

कृषितथा पशुपन्छी विकास मनत्रालयद्धारा राष्ट्रपति भवन शितल निवासमा आयोजित समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सातै प्रदेशको प्रतिनिधित्व हुने गरि एक प्रदेशवाट दुई जनालाई पुरस्कार प्रदान गरेका हुन् ।

पुरस्कृत हुने कृषकहरुमा कोशी प्रदेशवाट सुरेश कुमार मेहता (आर्य कृषि फर्म) र रमेश साह (रमेश कृषि फर्म), मधेस प्रदेशवाट भरत कुमार यादव (शम्भुनाथ माछा फर्म) र हिरा बहादुर थापा मगर (निजगढ केरा एग्रीकल्चर), वाग्मती प्रदेशवाट चेत प्रसाद ढकाल (कालिका पशु विकास केन्द्र) र दयाराम मचामसि (ग्रीनलाईन एग्रो प्राली), गण्डकी प्रदेशवाट छिरिङ ढोका गुरुङ (ङवाङ हिसी कृषि तथा पशुपन्छी अर्गानिक फर्म) र बाटुली तिवारी (मित्र वाटिका कृषि फर्म)  छ्न ।

त्यस्तै लुम्बिनी प्रदेशवाट जयपाल मौर्य (खाधन्न वाली) र सुवास कुर्मी (शान्ती उन्नत पशुपालन तथा माछा फर्म), कर्णाली प्रदेशवाट गोविन्द ओली (तरकारी खेती) र भरतनाथ योगी (सुन्तला खेती) र सुदुरपश्चिम प्रदेशवाट प्रेमप्रसाद जोशी (खप्तड पशुपन्छी तथा कृषि फर्म) र लोकबहादुर थापा (कैलाशेधरी कृषि तथा पोल्ट्री फर्म प्राली) छ्न । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ । पुरस्कृत कृषकलाई जनही दुई लाख रुपैयाँ प्रदान गरिएको छ ।

पुरस्कार वितरण समारोहलाई सम्बोधन गर्दै राष्ट्रपति पौडेलले कृषि व्यवसायलाई प्राथमिकतामा राखी युवा केन्द्रित स्टार्टअप कार्यक्रमहरू सञ्चालन गरी युवा जनशक्तिलाई प्रोत्साहान गर्नुपर्ने उल्लेख गरे । उनले विदेशबाट फर्केका युवाहरूलाई उनीहरूले सिकेर आएको सीप प्रयोग गर्ने गरी कृषिमा आकर्षित गर्न पनि वातावरणको निर्माणमा हाम्रा नीति निर्माता, सरकार र व्यावसायिक संस्थाहरूले विशेष ध्यान दिनुपर्ने बताए ।

यस्तै कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले मन्त्रालयद्वारा स्वीकृत “राष्ट्रिय उत्कृष्ट कृषक पुरस्कार कार्यक्रम कार्यान्वयन कार्यविधि, २०८१” अनुसार देशभरका ७ वटै प्रदेश मन्त्रालयबाट उत्कृष्ट कृषकहरूलाई उनीहरुले कृषि क्षेत्रमा पुर्‍याउनु भएको योगदानलाई उच्च मूल्याङ्कन गर्दै सम्मान गर्न पाउनु एक ऐतिहासिक अवसर भएको उल्लेख गरेका छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस