असार १०, काठमाडौं । प्रतिनिधिसभाले विनियोजन विधेयक २०८२ बहुमतले पारित छ । अर्थमन्त्री विष्णुप्रसाद पौडेलले संसदमा पेस गरेको आगामी आर्थिक वर्ष २०८२/८३ को लागि १९ खर्ब ६४ अर्ब ११ करोड रुपैयाँको बजेट आजको सभाले पारित गरेको हो ।
सभामा बजेट पारित गर्दा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसदहरू भने अनुपस्थित रहे । यसअघि पनि उनीहरूले बजेटमाथिको छलफल बहिष्कार गर्दै प्रतिपक्षको समयमा मात्र सभामा उपस्थित हुदै आएका थिए । भिजिट भिसा प्रकरणमा गृहममन्त्रीको राजीनामा माग्दै संसदीय छानबिन समिति गठनको माग राख्दै आएका थिए ।
मंगलबारको सभामा अर्थमन्त्री पौडेलले बजेटमा राखिएको टेक एन्ड पेको प्रावधान फिर्ता लिएको जानकारी गराएसँगै बजेट पारित भएको छ । यस प्रावधानमा ऊर्जा व्यवसायीहरुका साथै सत्ता साझेदार दल नेपाली कांग्रेसले उक्त प्रावधान नसच्चिए बजेट पारित नहुने चेतावनी दिएको थियो ।
बजेट पारित भएसँगै सभामा बजेटसँग आश्रित विधेयक आर्थिक विधेयक, २०८२ र राष्ट्र ऋण उठाउने विधेयक २०८२ अगाडि बढेको छ ।