असार ११, काठमाडौं । त्रिभुवन राजपथको मकवानपुरतर्फ सवारी आवागमन दुई दिनका लागि बन्द गरिने भएको छ । मकवानपुरको लामिडाँडा–सिमभञ्ज्याङ्ग सडक खण्डमा शुक्रबार र शनिबार (असार १३ र १४ गते) सवारी आवागमन बन्द हुने भएको हो ।
रानी भञ्ज्याङ्ग मोडमा सडक मर्मत तथा ह्युम पाइप विछ्याउने कार्य गरिने भएकाले सवारी आवागमन बन्द गरिएको मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कंडेलले जानकारी दिए ।
उनका अनुसार दुई दिन दिउँसो १२ देखि ४ बजेसम्म उक्त सडक खण्डमा सवारी आवागमन बन्द हुनेछ ।