पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

  • अनलाइन केन्द्र
  • / अर्थ बजार /
  • २०८२ अषाढ १७, मंगलबार (४ घण्टा अघि)
  • ७६ पटक पढिएको
पेट्रोल, डिजेल र मट्टितेलको मूल्य बढ्यो

असार १७, काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । निगमका अनुसार, पेट्रोलमा ५ रुपैयाँले मूल्यवृद्धि भएको छ भने मट्टितेल र डिजेलमा ४ रुपैयाँले मूल्य बढेको छ ।

निगमले एलपी ग्यासको मूल्य भने यथावत राखेको छ । यसैगरी हवाइ इन्धनको मूल्य पनि आन्तरिकतर्फ प्रतिलिटर सात रूपैयाँले तथा अन्तर्राष्ट्रियतर्फ प्रतिकिलोलिटर ५१ डलरले बढेको छ ।

निगमले सोमबार साँझ विज्ञप्ति जारी गरी वृद्धि भएको मूल्य गएराति १२ बजेबाट लागू हुने जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस