कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, ६ एजेण्डा तय

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ अषाढ १६, सोमबार (४ घण्टा अघि)
  • ४५ पटक पढिएको
कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक बस्दै, ६ एजेण्डा तय

असार १६,काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सोमबारदेखि सुरु हुँदैछ । बैठक दिउँसो एक बजेका लागि आह्वान भएको हो ।

आइतबार बिहान सभापति शेरबहादुर देउवा निवासमा बसेको पदाधिकारी तथा पूर्वपदाधिकारीहरूको बैठकले बैठकका लागि ६ एजेण्डा तय गरेको थियो ।

बैठकमा पार्टीको १०० दिने अभियानको प्रतिवेदन, भ्रातृसंस्थाको म्याद थप, र क्रियाशील सदस्यता नवीकरणबारे छलफल हुनेछ।

जनसम्पर्क समितिमा सदस्यता व्यवस्था र समसामयिक राजनीतिक विषयहरू पनि बैठकका एजेन्डामा समावेश छन्।

ताजा अपडेट

खोजी गर्नुहोस