एसईई प्रदेस्तरबाटै सञ्चालन गर्ने सहमति

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १४, शनिबार (६ घण्टा अघि)
  • ५४ पटक पढिएको
एसईई प्रदेस्तरबाटै सञ्चालन गर्ने सहमति

असार १४, काठमाडौं । माध्यमिक शिक्षा परीक्षा (एसईई) अब प्रदेस्तरबाटै सञ्चालन हुने भएको छ । शनिवार सिंहदरबारमा बसेको प्रतिनिधि सभाअन्तर्गतको शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकले विद्यालय शिक्षा विधेयकमा एसईई यथावत् राख्दै प्रदेशस्तरबाट सञ्चालन गर्ने सहमति जुटाएको हो ।

सरकारका तर्फबाट शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले सरकारका तर्फबाट यस्तो प्रस्ताव अघि सारेका थिए । मन्त्री पन्तले कुनै पनि तहले कुनै न कुनै परीक्षा लिइरहेकै कारण संविधानको भावनाअनुरूप एसईई सञ्चालनको जिम्मेवारी प्रदेश सरकारलाई सुम्पिनुपर्ने प्रस्ताव राखे ।

उक्त विधेयक पारित भएपछि एसईई परीक्षा राष्ट्रिय बोर्डको समन्वयमा प्रदेश सरकारको जिम्मेवारीमा सञ्चालन हुने व्यवस्था लागू गर्ने सहमति भएको हो ।

यस्तै बैठकले जिल्लामा शिक्षा समन्वय एकाइ राख्ने पनि सहमति गरेको छ । संविधानको मर्मविपरीत नजाने गरी जिल्लामा शिक्षा समन्वय एकाइ राख्ने समिति सभापति अम्मरबहदुर थापाले प्रस्ताव राखेका थिए ।

विद्यालय शिक्षा विधेयकलाई समितिले पारित गरेपछि संसद्‌मा पठाउनेछ । संसद्‌बाट पारित भएपछि सहमति भएका व्यवस्था कार्यान्वयनमा जानेछन् । विधेयकलाई अन्तिम रूप दिने गरी समितिको अर्को बैठक आइतवारका लागि बोलाइएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस