स्पेन भ्रमणअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १४, शनिबार (६ घण्टा अघि)
  • ४५ पटक पढिएको
स्पेन भ्रमणअघि प्रधानमन्त्री ओलीले प्रतिनिधिसभामा सम्बोधन गर्ने

असार १४, काठमाडौं । प्रतिनिधिसभा बैठकमा आज प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्ने भएका छन् । सम्बोधनका क्रममा उनले स्पेन भ्रमणबारे संसद्मा जानकारी गराउनुका साथै समसामयिक विषयमा सम्बोधन गर्ने तय भएको छ ।

बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । यस्तै बैठकमा बजेटसँग सम्बन्धित विधेयकलाई पारित गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जनाएको छ । उपप्रधान एवम् अर्थमन्त्री विष्णुप्रसाद पौडेलले प्रस्तुत गर्नुहुने आर्थिक विधेयक, २०८२’, राष्ट्र ऋण उठाउने विधेयक, २०८२’ लाई पारित गराउने कार्यसूचि रहेको छ ।

यस्तै नेपाल नागरिकता दोस्रो संशोधन विधेयक, २०८२ समेत पारित गर्ने सम्भावित कार्यसूची तय भएको सचिवालले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस