पतन्जली जग्गा प्रकरणमा मुछिएका माधव नेपालले तत्काल अध्यक्ष पद नछाड्ने

  • अनलाइन केन्द्र
  • / नेकपा एस /
  • २०८२ अषाढ १३, शुक्रबार (४ घण्टा अघि)
  • ४८ पटक पढिएको
पतन्जली जग्गा प्रकरणमा मुछिएका माधव नेपालले तत्काल अध्यक्ष पद नछाड्ने

असार १३, काठमाडौं । पतञ्जली जग्गा प्रकरणमा मुछिएका नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टी अध्यक्ष र संसदीय दलको नेताबाट तत्काल राजीनामा नदिने भएका छन् ।

शुक्रबार पार्टी कार्यालयमा बसेको सचिवालय बैठकपछि सञ्चारकर्मीहरुसंग कुरा गर्दै प्रचार विभाग प्रमुख प्रकाश ज्वालाले अध्यक्ष नेपाल नै रहने बताउँदै संसदीय दलका बिषयमा छलफल हुने जानकारी दिए ।

बैठकमा अध्यक्ष नेपाललाई फसाउने कोसिस भइरहेको बिषयमा अधिकांश नेताहरु सहमत देखिएका छन् । एमालेबाट विद्रोह गरेदेखि नै पार्टीविरुद्ध निरन्तर रुपमा प्रहार र षड्यन्त्र हुँदै आएको समेत बैठकले निष्कर्ष निकालेको छ ।

राजनितिक प्रतिशोधका साथ लगाईएको मुद्धामा अध्यक्ष नेपालले सफाई पाउने प्रचार विभाग प्रमुख ज्वालाले दाबी गरे । एकिकृत समाजवादीको सचिवालय बैठक भोली बिहान साँढे ८ बजे बस्ने गरी आजलाई सकिएको छ ।

पतञ्जलि योगपीठ तथा आयुर्वेद कम्पनीलाई हदबन्दी छुटमा जग्गा दिने निर्णय गराएर आर्थिक अनियमितता गरेको आरोपमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गएको जेठ २२ गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । गत बुधबार भएको थुनछेक बहसपछि विशेष अदालतले अध्यक्ष नेपाललाई ३५ लाख धरौटी माग गर्ने आदेश सुनाएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस