चार संसदीय समितिको बैठक बस्दै

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १३, शुक्रबार (४ घण्टा अघि)
  • ६० पटक पढिएको
चार संसदीय समितिको बैठक बस्दै

असार १३, काठमाडौं । संघीय संसद्अन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि, विधायन व्यवस्थापन, संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार र संसदीय सुनुवाई समितिको बैठक बस्न लागेको हो ।

शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

विधायन व्यवस्थापन समितिको बैठक बस्दै छ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ९ बजे बस्नेछ ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा आर्थिक वर्ष २०८२/८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ । बैठक बिहान साढे ११ बजे बस्नेछ ।

संसदीय सुनुवाइ समिति ९संयुक्त०, २०८० समितिको बैठक बस्दै छ । बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची छ । बैठक बिहान ११ बजे बस्नेछ ।

ताजा अपडेट

खोजी गर्नुहोस