बढ्दो डेंगुको जोखिमले महामारीको रुप लिनसक्ने चेतावनी

  • अनलाइन केन्द्र
  • / समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (६ घण्टा अघि)
  • ५५ पटक पढिएको
बढ्दो डेंगुको जोखिमले महामारीको रुप लिनसक्ने चेतावनी

असार १३, काठमाडौं । गर्मी बढ्सँगै देशभर डेंगु सङ्क्रमणको जोखिम बढेको छ । हाल देशभरका ७३ जिल्लामा डेंगु फैलिएको छ । अन्य वर्षहरूभन्दा यस वर्ष डेंगु सङ्क्रमण उच्च देखिएको छ भने सजगता नअपनाए भदौ असोजसम्म महामारीकै रुप लिनसक्ने सरुवा रोग विज्ञहरुले चेतावनी दिएका छन् ।

यसअघि नेपालमा सन् २०१० मा रूपन्देही, नवलपरासीलगायत तराईका जिल्लामा डेंगुले महामारीको रूपमा लिएको थियो । यस्तै, २०१९ मा धरानमा डेंगु व्यापक फैलिएको थियो ।

स्वास्थ्य सेवा विभागअन्तर्गत इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखा ९ईडीसीडी० को तंथ्याकअनुसार गएको पुसयता देशभर १ हजार ५ सय ६१ जनामा डेंगु सङ्क्रमण पुष्टि भएको छ । यस्तै पछिल्लो एक सातामा ९१ जना डेंगुका नयाँ सङ्क्रमित फेला परेका छन् ।

डेंगुको बढ्दो जोखिमले गम्भीर असर पार्न सक्ने भएकाले पूर्वतयारी नै सबैभन्दा उचित विकल्प भएको स्वास्थ्यकर्मीहरू बताउँछन् । यस वर्ष बागमती, गण्डकी र कोशी प्रदेशमा डेंगु सङ्क्रमण बढी पुष्टि भएको छ ।

ईडीसीडीका गएको पुसयता बागमतीमा ३८६ वटा डेंगुको केस पुष्टि भइसकेको छ । त्यस्तै गण्डकीमा ३२२, कोशीमा ३१४, लुम्बिनीमा २६३, सुदूरपश्चिम २२६, कर्णालीमा ३४ र मधेसमा २५ वटा केस पुष्टि भएको छ । बर्खा लागेसँगै क्रमशः डेंगुका केस बढ्दै जान थालेका हुन् ।

पछिल्लो समय डेंगुको केस बढे पनि सामान्य रूपमा लिने गरिएकाले पछुताउनुपर्ने स्थिति आउन सक्ने सरुवा रोग विशेषज्ञ डा। शेरबहादुर पुन बताउँछन् । अहिल्यैबाट सावधानी अपनाउनुको विकल्प नभएको उनको भनाइ छ ।

डेंगु सङ्क्रमण पुष्टि भई सामान्य रूपमा लिँदा स्वास्थ्यमा जटिलता आउन सक्ने भएकाले आराम गरी चिकित्सकको सल्लाहमा औषधि सेवन गर्न उनको सुझाव छ ।

उनका अनुसार डेंगुको ‘वार्निङ साइन’ देखिँदा वेलैमा सचेत हुनुपर्छ । डेंगु हुँदा केहीलाई तारन्तार बान्ता हुने, नाक अथवा गिजाबाट रगत आउने, पेट दुख्ने र बढी आलस्य हुने देखिने भएकाले यस्तो वेला आराम गर्न उनको सुझाव छ । डेंगुका यी चार ‘वार्निङ साइन’ बारे अब बहस गर्न आवश्यक भइसकेको उनले सुनाए ।

‘डेंगु पुष्टि भएपछि बिरामीको पेट वा छातीमा पानी जम्ने, कलेजोको आकार बढ्ने र रगतमा प्लेटलेट्को सङ्ख्या तीव्र गतिमा घट्ने देखिन्छ, यसलाई जटिल मान्नुपर्छ’, उनले भने ।

ईडीसीडीका निर्देशक डा। चन्द्रभाल झाका अनुसार नेपालमा हालसम्म डेंगुका ४ वटा ‘सेरोटाइप’ पुष्टि भएका छन् । उनका अनुसार संक्रमितहरूमा ‘सेरोटाइप’ का १, २, ३ प्रकार बढी देखिएका छन् । त्यस्तै सबैभन्दा बढी प्रकार ‘३’ देखिएको छ ।

बर्खा लागेसँगै कीटजन्य रोग बढ्न नदिनका लागि सबै जना सचेत हुन आवश्यक रहेको निर्देशक झा सुझाउँछन् । डेंगुको केस बढ्न नदिन स्थानीय तहहरूसँग समन्वय गरिएको डा। झाले जानकारी दिए ।

ईडीसीडीका निर्देशक झाले कीटजन्य रोग रोकथामका लागि यस आर्थिक वर्षमा केन्द्रबाट ८ करोड रुपैयाँ स्थानीय तहका लागि विनियोजन गरिएको बताए । डेंगु सङ्क्रमण बढ्न नदिका लागि केन्द्र, प्रदेश र स्थानीय तहसँग ‘खोज र नष्ट गर’ अभियानलाई तीव्रता दिइएको बताए ।

डेंगीबाट बच्न के गर्ने
डेंगु एडिस जातको लामखुट्टेको टोकाइबाट सर्ने एक प्रकारको सरुवा रोग हो । डेंगु भाइरसबाट सङ्क्रमित लामखुट्टेको टोकाइले सर्दछ । यो लामखुट्टेले विशेषगरी दिउँसो ९बिहान र साँझको समय० टोक्ने चिकित्सक बताउँछन् । एडिस जातको लामखुट्टेले सङ्क्रमित व्यक्तिबाट अर्को व्यक्तिमा डेंगु सार्ने गर्दछ ।

यसका लागि आफ्नो घर वरिपरि, कार्यस्थल र सार्वजनिक ठाँउहरूमा पानी जम्न नदिने, पानी राख्ने भाँडालार्ई लामखुट्टे नछिर्ने गरि राम्ररी छोपेर राख्ने दिउँसो पनि लामखुट्टे भगाउने धूप बाल्ने र लामखुट्टेको टोकाईबाट बच्ने मलम लगाउने, घरको झ्याल ढोकामा लामखुट्टे नछिर्ने जाली हाल्ने, झुल लगाएर मात्र सुत्ने, पूरै शरिर ढाक्ने लुगा लगाउने  गर्नुपर्छ ।

ताजा अपडेट

खोजी गर्नुहोस