असार १२, काठमाडौं । सर्वोच्च अदालतका प्रस्तावित तीन न्यायाधीशविरुद्ध संसदीय सुनुवाइ समितिमा सात उजुरी परेको छ । बिहीबार संसदीय सुनुवाइ समितिको बैठकमा पाँच व्यक्ति केन्द्रित र दुईवटा सुनुवाइ प्रक्रियासँग सम्बन्धित उजुरी रहेको छ ।
वरिष्ठ अधिवक्ता मेघराज पोखरेल, उच्च अदालत जनकपुरका मुख्य न्यायाधीश श्रीकान्त पौडेल र उच्च अदालत दिपायलका मुख्य न्यायाधीश शान्तिसिंह थापालाई सर्वोच्चको न्यायाधीशका लागि सिफारिस गरिएको छ ।
सभापति न्यौपानेका अनुसार मेघराजविरुद्ध दुई, श्रीकान्तविरुद्ध दुई र शान्तिसिंहविरुद्ध एक तथा सैद्दान्तिक विषयसँग समबन्धि दुईवटा उजुरी परेको छ ।
शुक्रवार उजरीकर्तासँग सभापति ईश्वरीदेवी न्यौपानेले छलफल गर्नेछिन् । उजुरीको सुनुवाई १५ गते गर्ने समितिले जनाएको छ । उजुरीकर्तालाई आजको समितिको बैठकमा आमन्त्रण गरिएको थियो ।