जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १३, शुक्रबार (४ घण्टा अघि)
  • ६३ पटक पढिएको
जङ्गली च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी

असार १३, गुल्मी । विषालु च्याउ खाँदा एकै परिवारका तीन जना बिरामी परेका छन् । बिहीबार जङ्गलबाट टिपेर ल्याएको च्याउ पकाएर खाएपछि उनीहरु बिरामी परेका थिए ।

बिरामी पर्नेहरुमा मुसिकोट नगरपालिका–४ दिगामचौरका ६८ वर्षीया फूलमाया कुमाल, ७६ वर्षीय थम्मनबहादुर कुमाल र ३६ वर्षीया गीता कुमाल रहेका जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी एवं प्रहरी नायब उपरीक्षक गंगाबहादुर सारुले जानकारी दिए ।

च्याउ खाएका उनीहरुलाई रातिनै टाउको दुख्ने, रिंगटा लाग्ने र बान्ता हुनेजस्ता लक्षण देखिएको थियो । बिरामी भएका तीनै जनालाई गए राति उपचारका लागि पाल्पास्थित लुम्बिनी मेडिकल कलेज प्रभास पठाइएको थियो ।

घटनाको जानकारी पाउनासाथ गए रातिनै इन्द्रगौडा प्रहरी पोष्टबाट प्रहरी हवल्दार कृष्णमोहन केवटको नेतृत्वमा खटिएको प्रहरी टोलीले तीनै जनालाई उपचारका लागि तत्कालै पाल्पा पठाएको थियो । उनीहरुको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस