असार १३, हेटौंडा । हेटौंडा एकडेमीले अन्तराष्ट्रिय लागू औषध बिरुद्धको दिवसको सन्दर्भ पारेर जनचेतना मुलक कार्यक्रम सम्पन्न गरेको छ ।
बिद्यालयका कार्यवाहक प्रधानाध्यापक अर्चना उप्रतीको अध्यक्षतमा भएको कार्यक्रममा लागू औषध बिरुद्ध हेटौडामा लामो समयदेखि काम गर्दै आइरहेको सियान पुर्नस्थापना केन्द्रका सौजन डिसीले लागू औषधले पार्ने असरका बिषयमा बिद्यालयका कक्षा ७,८ र ९का बिदार्थीहरुलाई जानकारी गराउनु भएको थियो ।
उक्त सचेतना कार्यक्रममा बोल्दै बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष अरुणराज सुमार्गीले कक्षा ६ देखि ८ सम्मका पाठ्यक्रममा नै लागू औषध बिरुद्धका कुराहरु भएकाले बिद्यार्थीहरुलाई थप ज्ञान होस् र यो कुलतका बिषयम बिद्यार्थीहरुलाई जानकारी दिनु पनि आवश्यक भएकाले कार्यक्रम आयोजना गरिएको जानकारी दिए ।
यस्ता कुलतबाट बिद्यार्थी, अभिभावक सबै सचेत हुनुपर्नेमा कार्यक्रममा जोड दिइएको हेटौंडा एकडेमीका शिक्षक समिर ढकालले जानकारी दिए ।