एसईईको ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १४, शनिबार (६ घण्टा अघि)
  • ६६ पटक पढिएको
एसईईको ग्रेडवृद्धि परीक्षातालिका सार्वजनिक

असार १४, काठमाडौं । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा एसइईको पूरक परीक्षा तालिका सार्वजनिक गरेको छ । हिजो प्रकाशित नतिजामा सम्मिलित भई ग्रेड प्राप्त गर्न नसकेका र अनुस्थित भएका सबै परीक्षार्थीले पूरक परीक्षा दिन पाउने छन् ।

परीक्षा साउन २९ देखि भदौ ६ गतेसम्म बिहान ८ देखि ११ बजेसम्म सञ्चालन हुने बोर्डले जनाएको छ । बोर्डका अनुसार परीक्षार्थीले पुरानै प्रवेशपत्रबाट परीक्षा दिन पाउने छन् ।

विद्यार्थीले नतिजामा चित्त नबुझेमा पुनर्योग गर्न र उत्तरपुस्तिका पुनः परीक्षण गर्न पनि सक्नेछन् । यसका लागि असार २३ गते बेलुकी पाँच वर्षसम्म आवेदन दिन सकिने बोर्डले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस