यू–१६ इस्ट जोन कप: आज नेपाल र इन्डोनेसिया भिड्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १५, आईतबार (५ घण्टा अघि)
  • ४७ पटक पढिएको
यू–१६ इस्ट जोन कप: आज नेपाल र इन्डोनेसिया भिड्दै

असार १५, काठमाडौं । एसीसी पुरुष यू–१६ इस्ट जोन कप एक दिवसीय क्रिकेटमा आज नेपालले इन्डोनेसियासँग खेल्दैछ । मलेसियाको क्वालालाम्पुरस्थित सेलेङ्गोर टर्फ क्लबमा हुने खेल बिहान पौने ८ बजे सुरु हुनेछ।

समूह ए मा अपराजित रहेको नेपाली युवा टोली लगातार तेस्रो जित निकाल्दै समूह चरणको शीर्ष स्थानमा उक्लन चाहन्छ । नेपालले पहिले ब्याटिङ गर्ने भएको छ ।

समूह चरणको दुई खेलमा जित निकालेको नेपाल ४ अंकसहित तालिकाको दोस्रो स्थानमा छ । समूह चरणमा खेलेको दुई खेलमध्य एक खेलमा जित र एक खेलमा हार भोगेको इन्डोनेसिया २ अंकसहित तालिकाको चौथो स्थानमा छ।

समूह चरणको चार खेलमध्ये ३ खेलमा जित र १ खेलमा हार भोगेको सिंगापुर ६ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । तीन खेलमध्ये एक खेलमा जित र २ खेलमा हार भोगेको जापान २ अंकसहित तेस्रो स्थानमा छ । भुटान अंकविहीन रुपमा पुछारमा छ ।

समूह चरणको अन्तिम खेलमा नेपाल भुटानविरुद्ध १ जुलाइमा खेल्ने तालिका छ ।

प्रतियोगितामा सहभागी नेपालसहित १० टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह बी मा आयोजक मलेसियासहित हङकङ, मालदिभ्स, थाइल्याण्ड र म्यानमार छन् ।

समूह चरणको शीर्ष दुईमा रहने टोलीले सेमिफाइनलमा स्थान बनाउने छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस