यू–१६ इस्ट जोन कप: नेपाल र भुटान खेल्दै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०८२ अषाढ १७, मंगलबार (५ घण्टा अघि)
  • ४९ पटक पढिएको
यू–१६ इस्ट जोन कप: नेपाल र भुटान खेल्दै

असार १७, काठमाडौँ । मलेशियामा जारी एसीसी १६ वर्षमुनिको इस्ट जोन कप प्रतियोगितामा समूह चरणको आफ्नो अन्तिम खेलमा नेपालले आज भुटानसँग खेल्दैछ । खेल सेलाङ्गोर टर्फ क्लब क्रिकेट मैदानमा नेपाली समय अनुसार बिहान पौने ८ बजे खेल शुरु हुनेछ ।

यसअघि समुह चरणका तीनवटै खेलमा अपराजित रहको नेपाल समूह ‘ए’मा शीर्ष स्थानमा रहँदै नेपाल सेमिफाइनलमा प्रवेश गरिसकेको छ । नेपालसँगै समूह ‘ए’बाट चार खेलमा छ अङ्कसहित दोश्रो स्थानमा रहेको सिङ्गापुर पनि सेमिफाइनलमा पुगेको छ ।

यस्तै समूह ‘बी’बाट मलेशिया र हङकङ सेमिफाइनलमा प्रवेश गरेका छन् ।

आफ्नो पहिलो खेलमा नेपालले सिङ्गापुरलाई छ विकेट, दोश्रो खेलमा जापानलाई नौ विकेट र इन्डोनेसियालाई चार सय २१ रनको फराकिलो अन्तरले हराएको थियो ।

समूह ‘ए’ मा नेपालसहित सिङ्गापुर, इन्डोनेसिया, भूटान र जापान छन् । यस्तै समूह ‘बी’ मा आयोजक मलेशियासहित हङकङ, माल्दिभ्स, थाइल्यान्ड र म्यानमार छन् ।

सेमिफाइनलका खेलहरु पर्सि बिहीवारदेखि शुरु हुनेछ । प्रतियोगिताको फाइनल खेल असार २१ गते शनिवार हुनेछ ।

 

ताजा अपडेट

खोजी गर्नुहोस