राष्ट्रियसभा बैठकमा आज मन्त्रीहरुले जवाफ दिने

  • अनलाइन केन्द्र
  • / अन्य /
  • २०८२ अषाढ १७, मंगलबार (६ घण्टा अघि)
  • ४९ पटक पढिएको
राष्ट्रियसभा बैठकमा आज मन्त्रीहरुले जवाफ दिने

असार १७, काठमाडौँ । राष्ट्रियसभाको बैठक आज बस्दै छ । सङ्घीय संसद् भवन नयाँ बानेश्वरमा बैठक दिउँसो सवा १२ बजे बस्नेछ ।

बैठकमा विनियोजन विधेयक, २०८२ का विभिन्न शीर्षकहरूमध्ये सात मन्त्रालय, राष्ट्रपतिको कार्यालय, उपराष्ट्रपतिको कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय र राष्ट्रिय योजना आयोगको सचिवालयका विनियोजन शीर्षकमाथि छलफल हुने कार्यसूची छ ।

त्यस्तै, ११ मन्त्रालयसम्बन्धी छलफलमा उठेका प्रश्नहरूको सम्बन्धित मन्त्रीहरूले जवाफ दिने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

बैठकमा राष्ट्रिय सभाका सचिव डा सुरेन्द्र अर्यालले ‘नागरिकता विधेयक–२०८२’ का सम्बन्धमा प्रतिनिधिसभाबाट प्राप्त सन्देश सभा समक्ष टेबुल गर्ने कार्यसूची छ । त्यसपछि प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त केही नेपाल ऐन संशोधन गर्ने विधेयक, २०८० पारित गर्ने कार्यसूची रहेको छ ।

सम्भावित कार्यसूचीमा राष्ट्रपति कार्यालयबाट प्राप्त पत्रका विषयमा पनि बैठकमा जानकारी गराउने कार्यक्रम रहेको संसद् सचिवालयले जनाएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस