गण्डकीको अर्थ मन्त्रालयका सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरूवा

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०८२ अषाढ १६, सोमबार (६ घण्टा अघि)
  • ५५ पटक पढिएको
गण्डकीको अर्थ मन्त्रालयका सचिव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरूवा

असार १६,काठमाडौँ । गण्डकीको आर्थिक मामिला मन्त्रालयका सचिव राजेन्द्रदेव पाण्डेलाई मुख्यमन्त्री कार्यालयमा सरूवा गरिएको छ ।

मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफूलाई दिएको पत्रमा कारबाही गरिएको विषय उल्लेख नभएको भन्दै उनले अर्थबाट मुख्यमन्त्री कार्यालय जान पाउनु गौरवको विषय भएको उनले बताए।

‘कर्मचारी सरूवा नियमित विषय हुन्, मलाई कारबाही गरिएको भनेर विभिन्न टिप्पणी भएको सुनेँ,’ उनले भने, ‘अर्थ मन्त्रालयबाट मुख्यमन्त्री कार्यालय जान पाउनु मेरो लागि गौरवको विषय हो, कारबाही होइन।’

आगामी आर्थिक वर्षको बजेटमा आफ्नो गाउँमा ८ करोड बढी रकम खन्याएको आरोप लागेका अर्थ सचिव पाण्डेलाई सोमबार बसेको मन्त्रिपरिषद बैठकले मुख्यमन्त्री कार्यालय सरूवा गर्ने निर्णय गरेको थियो। उनको घर तनहुँको भानु नगरपालिका वडा नम्बर ९ हो।

बजेटमा भानु नगरपालिकामा २० करोड बढी बजेट राखिएको छ भने उनको वडा नम्बर ९ मा मात्र ८ करोड बढी बजेट खन्याएको भन्दै प्रदेश सभामा सांसदहरूले विरोध जनाएका थिए।

सांसदहरूले बजेटमा कर्मचारी हाबी भएको भन्दै विरोध गरेपछि मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले यस विषयलाई अति गम्भीर रूपमा लिएको जबाफ दिएका थिए।

मुख्यमन्त्री कार्यालयमा सरूवा भएपछि अर्थ सचिव पाण्डेले यसअघि पनि यस्तै पत्रका आधारमा आफ्नो सरूवा भएको बताए।

ताजा अपडेट

खोजी गर्नुहोस