उपभोक्ता अदालतको निर्णयमा नेपाल चिकित्सक सङ्घको विरोध

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ अषाढ १७, मंगलबार (६ घण्टा अघि)
  • ५१ पटक पढिएको
उपभोक्ता अदालतको निर्णयमा नेपाल चिकित्सक सङ्घको विरोध

असार १७,काठमाडौँ । उपभोक्ता अदालतको निर्णयमा नेपाल चिकित्सक सङ्घले विरोध गरेको छ । पछिल्ला मुद्दामा उपभोक्ता अदालतले सुनाएका फैसलाबाट नेपाल मेडिकल काउन्सिलको क्षेत्राधिकारमाथि हस्तक्षेप भएको भन्दै सङ्घले आन्दोलन अन्तर्गत चिकित्सक तथा स्वास्थ्यकर्मीलाई कालोपट्टी बाँधेर सेवा दिन आह्वान गरेको छ ।

सङ्घका महासचिव डा. सञ्जिव तिवारीले पर्सि पुनः सरोकारवाला संस्थासँग बैठक बसेर थप विरोधका कार्यक्रम तय गरिने जानकारी दिए ।

उपभोक्ता अदालतले उपचारमा लापर्बाही गरेको मुद्दामा ओम अस्पतालले ५० लाख ७० हजार, हिमाल अस्पताल र उपचारमा संलग्न डाक्टरले एक करोड ४५ लाख रुपैयाँ र ग्रान्डी सिटी अस्पताल र त्यहाँ कार्यरत चिकित्सकले ५७ लाख रुपैयाँ क्षतिपूर्ति बिरामी पक्षका परिवारलाई तिर्नुपर्ने फैसला गरेको थियो । यी फैसलापछि नेपाल चिकित्सक सङ्घले विरोध गर्दै आएको छ ।

ताजा अपडेट

खोजी गर्नुहोस