अमेरिका र चीनबीच व्यापार सम्झौता

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८२ बैशाख २९, सोमबार (६ घण्टा अघि)
  • ४७ पटक पढिएको
अमेरिका र चीनबीच व्यापार सम्झौता

वैशाख २९, काठमाडौं । अमेरिका र चीनबीच व्यापार सम्झौता भएको छ । जेनेभामा व्यापार सम्झौता भएको ह्वाइट हाउसले बताएको हो । सम्झौताको विस्तृत विवरण भने आज सार्वजनिक गर्ने तयारी छ ।

अमेरिकी अर्थमन्त्री स्कट बेसेन्टले अमेरिका र चीनले व्यापार सम्झौतामा उल्लेखनीय प्रगति गरेको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सम्झौताबारे राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पनि जानकारी दिइएको बताए ।

अमेरिकी व्यापार प्रतिनिधि राजदूत जेमिसन ग्रिरले वार्ता धेरै रचनात्मक भएको र चाँडै सहमतिको बिन्दुमा पुग्न सफल भएको भन्दै हामीबी सोचेजस्तो ठूलो मतभेद नरहेको बताए ।

उनले अमेरिका हाल १२०० अर्ब डलरको व्यापार घाटामा रहेको कारणले गर्दा अमेरिकाका राष्ट्रपतिले शुल्क लगाउने घोषणा गरेका पनि बताए ।

ताजा अपडेट

खोजी गर्नुहोस