असार २०, काठमाडौं । देशकै अग्रणी फाइनान्स कम्पनी मन्जुश्री फाईनान्स लिमिटेड बिरगंज शाखाले R.M केडिया आँखा अस्पताल, बिरगंजलाई दुइ थान एसी (AC) सहयोग गरेको छ । मन्जुश्री फाईनान्सले कर्पोरेट सामाजिक दायित्व अन्तर्गत उक्त अस्पताललाई दुइ थान एसी हस्तान्तरण गरेको हो ।
नेपाल नेत्र ज्योति संघको नेतृत्वमा बिगत ५ दशक देखि सर्वसाधारणलाई सेवा पुर्याउदै आइरहेको केडिया आँखा अस्पतालमा हाल १७५ बेड मार्फत बिरामीहरुलाइ सेवा पुर्याउदै आइरहेको छ । प्रतिक्षालयमा रहने बिरामी तथा कुरुवाको सहजतालाई मध्येनज़र राख्दै मन्जुश्री फाईनान्सले केडिया अस्पताललाई AC सहयोग गरेको हो ।
समाजको सेवामा सदैब तत्पर मन्जुश्रीले सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यक्रमहरुलाई आफ्ना विभिन्न साखाहरु मार्फत सहयोग पुर्याउदै आइरहेको छ । मन्जुश्रीले हालसम्म रु २२ अर्व निक्षेप संकलन गरि करिब १८.२ अर्व कर्जा परिचालन गरेको छ ।
निक्षेपमा आकर्षक ब्याजदर तथा सुलभ दरमा कर्जा प्रबाह गर्दै आइरहेको मन्जुश्री फाइनान्सले हाल सम्म २७ ओटा शाखाका साथै एउटा बिस्तारित काउन्टरबाट आफ्नो १ लाख ५० हजार भन्दा बढी ग्राहकहरुलाई उत्कृष्ट बैंकिंग सेवा उपलब्ध गराईरहेको छ ।